चितवनमा भाले बाघ मृतावस्थामा फेला
- hamro_kantipur
- २०७७ पुष २८

चितवन, कालिका नगरपालिका–१ मा रहेको चतुर्मुखी सामुदायीक वनमा भाले बाघ मृतावस्थामा भेटिएको छ ।
सामुदायिक वनबाट काठ निकासी गर्ने स्थान नजिक कागतीको झाङमा अन्दाजी चार वर्षको भाले बाघ मृतावस्थामा भेटिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिएका छन् ।
उनका अनुसार मृतावस्थाको बाघलाई वन कार्यालय ल्याइएको छ । बाघ दुई तीन दिनअघि मरेको अनुमान गरिएको छ । बाघको महत्वपूर्ण अङ्गहरु दाह्रा, जुङ्गा, छाला र नङ्ग्रा सुरक्षित रहेको जनाइएको छ ।
शीर्ष समाचार
- राष्ट्रिय जनगणना सुरु हुन १२४ दिन बाँकी, सामान खरिद र प्रश्नपत्र छपाइको काम सप्पन्न
- राजपत्रबारे इजलासमा वादविवाद
- चिनद्वारा पुर्वी लद्दाखमा सैनिक संख्या वृद्धि
- सङ्घर्षका कार्यक्रमलाई थप प्रभावकारी बनाउने दाहाल-नेपाल पक्षको निर्णय
- द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन डीपीआर निर्माण सुरु
धेरै पढिएको
-
स्वस्थानीको अर्थ के हो ?
२०७७ माघ ५
प्रतिकृया दिनुहोस्