झापामा भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा एक जनाको मृत्यु

झापा, झापाको दमक नगरपालिका तीन बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । बाँसको एक तले छाप्रोभित्र सुतिरहेका देशमान राईको जलेर घटनास्थलमै मृत्यु भएको हो ।
सोमबार साँझ आगलागी हुँदा शिविरको सेक्टर डी–फोरअन्तर्गत साठी वर्षीय राईको मृत्यु भएको हो । उनी प्यारालाइसिसका बिरामी थिए । अचानक आगो लागेकाले राईलाई बचाउन नसकिएको स्थानीयले बताएका छन् ।
घरभित्र रहेका परिवारका अन्य दुई जना सदस्य बाँच्न सफल भएका छन् । आगलागीमा सुनचादी, नगद तीन लाख र लत्ताकपडा जलेर नष्ट भएका छन् । आगो स्थानीय, सुरक्षाकर्मी र दमकलको सहायतामा नियन्त्रणमा लिइएको थियो ।
प्रतिकृया दिनुहोस्