May 18, 2021, Tuesday
२०७८ जेष्ठ ४, मंगलवार

दाहाल–नेपाल पक्षद्वारा मुख्यमन्त्री राईसहित ८ जना तीन महिनाका लागि निलम्बित

  • 10
    Shares

मोरङ, नेकपाको दाहाल–नेपाल समूहले मुख्यमन्त्री शेरधन राई लगायत आठ जनालाई तीन महिनाका लागि निलम्बन गरेको छ । प्रदेशसभाको कुनैपनि क्रियाकलापमा सहभागी हुन नपाउने गरी निलम्बन गरेको हो ।

मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ्, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेश सभा सदस्यत्रय इन्द्रमणी पराजुली, अम्बिका थापा र विमल कार्कीलाई निलम्बन गरेको छ ।

दाहाल नेपाल समूहका संसदीय दलका नेता भीमप्रसाद आचार्यद्वारा हस्ताक्षरित निलम्बन पत्रमा दलको कुनैपनि बैठकमा उपस्थित नभई पार्टी र सरकारको हित विपरित गतिबिधिमा संलग्न रहेकाले प्रदेशसभाको कुनैपनि गतिविधिमा संलग्न नहुने गरी नेकपाको संसदीय दलको बिधान २०७६ बमोजिम तीन महिनाका लागि निलम्बन गरेको उल्लेख छ । उनीहरुलाई निलम्बन गरेको बोधार्थ प्रदेशसभा सचिवालयमा दर्ता गराएको सचिव गोपालप्रसाद पराजुलीले बताएका छन् ।

उनका अनुसार दाहाल नेपाल समूहका उपनेता टंक आङ्बुहाङले आठै जनालाई हुलाक र कुरियरबाट निलम्बनको पत्र पठाएको छ । यसअघि मुख्यमन्त्री राईले पनि  प्रचण्ड- नेपाल पक्षका १६ जनालाई तीन महिनाका लागि निलम्बन गरेका थए । दुवै समूहले एक–अर्कालाई कारबाही तथा निलम्बन नै गरिसकेको छ ।

शीर्ष समाचार

धेरै पढिएको