January 25, 2021, Monday
२०७७ माघ १२, सोमबार

हेटौंडामा ट्रीपरको ठक्करबाट एकको घटनास्थलमै मृत्यु

  • 8
    Shares

मकवानपुर, हेटौंडा उपमहानगरपालिका–५ न्यूरेनीमा
ट्रीपरको ठक्करबाट सोमबार साँझ एक जनाको मृत्यु भएको छ । दुर्घटनामा स्थानीयको एक जनाको मृत्यु भएको हो ।

चौघडाबाट हेटौंडातर्फ आउँदै गरेको ना१क ८३३३ नंबरको टिपरले हेटौंडाबाट चौघडातर्फ जाँदै गरेको प्रदेश ३-०३-००१प ४०२० नंबरको मोटसाईकललाई ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

केहि समय स्थानीय र प्रहरीबीच ढुङ्गा हानाहाना भएको थियो । मृत्युपछि आक्रोशित बनेका स्थानीयले टिपरमा आगजनीसमेत गरेका छन् ।

स्थानीयको मृत्यु पछि सडक छेउमा रोकिराखेको टिपरमा मृतकका स्थानीय र आफन्तले लगाएको आगो दमकलको सहयोगले नियन्त्रणमा लिएका थिए । तर टिपरमा आंशिक क्षति भएको छ । आक्रोशित भीडले दोषीलाई कारवाही हुनुपर्ने माग गरेका छन् । घटनास्थलमा हाल स्थिति सामान्य रहेको प्रहरी स्रोतले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको