April 16, 2024, Tuesday
२०८१ बैशाख ४, मंगलवार

एनआरएनए ख्यङ्साङ्द्वारा विदाई तथा सल्लाहकार सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं, दक्षिण कोरियाको एनआरएनए ख्यङ्साङ क्षेत्रिय संस्थाले सोमबार विदाई तथा सल्लाहकार सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

एनआरएनए ख्याङसाङले दक्षिण कोरियाको खिम्हेमा अवस्थित माइग्रेन्ट हाउसमा सामाजिक सञ्जाल जुममार्फत आयोजना गरेको सम्मान तथा विदाई कार्यक्रममा विभिन्न क्षेत्रबाट मनोनित भएका १४ जना सल्लाहकारहरूलाई बधाई तथा धन्यवाद ज्ञापन गरेकाे हो ।

आगामी दिनहरूमा सो संस्थाले गर्ने हरेक क्रियाकलापमा उनीहरुको महत्वपूर्ण भुमिका, सल्लाह, सुझावको अपेक्षा गर्दै हातेमालो गरी अगाडि बढ्नका लागि उक्त कार्यक्रम आह्वान गरिएको थियो ।

एनआरएनए क्षेत्रिय समीतिका नव मनोनित सल्लाहकारहरुमा रबिन राई,गोविन्द पाण्डे, मधुसूदन महत, ईश्वर रोकाया, प्रशान्तराज बानियाँ, सुजीत घिसिङ ,सङ्गीत अधिकारी, नवीन के.सी (बुसान), शर्मिला गुरुङ (परी) रहेका छन् । यसैगरी ईश्वर कठायत, हरिशरण श्रेष्ठ, नविन के.सी (गजेदो ),युद्द सलामी मगर,सागर पोख्रेल छन् ।

ख्यङ्साङ एकाईका ३ जना सदस्यहरूमा सुकराज तामाङ्, विष्णु बञ्जाडे तथा विष्णुवर्दन थापालाई कोरिया बसाईको ५ वर्ष पूरा गरी स्वदेश फिर्ता हुन लागेकोमा शुभकामनासहित नेपाल बसाई सुखमय रहोस् भन्दै प्रगतिको कामना पनि गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि यज्ञराज सुवेदी, विशेष अतिथि सञ्जीव राई तथा सभापती भेषराज दहालको सहभागी थियो ।

अध्यक्ष दाहालले सोहि कार्यक्रमबाट आगामी मार्च ७ बाट शुरू हुन लागेको सिपमुलुक तालिममा उपस्थित हुन कोरियामा रहेका सबै नेपालीलाई आग्रह गरेका छन् । स्थानिय सरकारको सहयोग तथा विभिन्न सामाजिक संस्थाहरूको सहकार्यमा एनआरएनए ख्यङ्साङ दक्षिण कोरिया र खिम्हे माइग्रेन्ट हाउसको सहकार्यमा सदा झैं यस वर्ष पनि विभिन्न सीपमुलक तालिमहरू संचालन हुन लागेको उनले बताए ।

इच्छुक सबैजनालाई तालिममा सहभागी हुन अनुरोध गरेका छन् भने कोरोनाको स्थिती यथावत रहेमा पुन: सूचना गरिने पनि बताए ।

सीपमुलक तालिम अन्तर्गत कार मर्मतमा २० जना, कृषि तालिम: हिउँदे तथा वर्षा खेती, स्मार्ट खेती(च्याउ) तथा कुखुरा पालनमा ३० जना, बेकरी तालिममा १० जना र कफी बारिष्टामा १० जनालाई तालिम दिइने छ ।

यससम्बन्धी थप जानकारी प्राप्त गर्न निम्न व्यक्तिहरुसँग सम्पर्क गर्न सकिने अध्यक्ष दाहालले बताए ।

सम्पर्क व्यक्तिहरू:
यज्ञराज सुवेदी- ०१०६३०००९०२
भेषराज दाहाल- ०१०३०४६४४७८
सुजाता बस्नेत- ०१०८०९५४७६०
योगिता गौतम- ०१०५४७५८४१०

आवश्यक कागजपत्रहरू
नाम:
फोन न :
आई डि कार्ड

शीर्ष समाचार

धेरै पढिएको