April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

बिरगंजमा नि:शुल्क आँखा शिबिर तथा परिचात्मक कार्यक्रम सम्पन्न

बिरगंज, बिरगंजमा नि:शुल्क आँखा शिबिर तथा स्वागत एवं परिचात्मक कार्यक्रम सोमबार सम्पन्न गरिएको छ ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा श्रीपुर मुर्ली र वडा प्रहरी कार्यालय श्रीपुरको संयुक्त आयोजना एवम् मार्टिका आई फाउन्डेसनको सहकार्य र आस्था नेपालको सहयोगमा नि:शुल्क आँखा शिबिर तथा स्वागत एवंम परिचात्मक कार्यक्रम सम्पन्न भएको हो ।

आज भएको नि:शुल्क आँखा शिबिरमा ७१ जनाको चेकजाँच गरिएको थियो । जसमध्ये १७ जनामा मोतिया बिन्दु भएको र उनीहरुको नि:शुल्क अपरेसन हुने मार्टिका आई फाउन्डेसनका डा. महेश सिंह धामिले जानकारी दिएका छन् ।

सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीका सचिव दिलिप प्रधानको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल रहेका थिए ।

शिबिर कार्यक्रममा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक कुमार साह, पर्सा ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमन कार्की, प्रदेश न.२ निबर्तमान अध्यक्ष राम सरार्फ, मार्टिका आई फाउन्डेसनका डा. महेश सिंह धामी, वडा न.११ का वडा अध्यक्ष प्रधुमन सेढाई, नेवा पुच: मुर्ली पर्साका सह – प्राध्यापक हरि ब. बैद, सामुदायिक सेवा केन्द्रका वरिष्ठ उपाध्यक्ष जयलाल साह, उपाध्यक्ष रेखा घिमिरे , सदस्य जगत राई, सञ्चारकर्मी सन्तोषमान रन्जितकार, मन्सुर खान, जाकिर हुसेन, प्रमिला शाही, शिलु गौतम, चम्पा सिंह, रोशनी सिंह, शान्ती सिंह, अरुणा राणा, यशोदा र गोमालगायतकाको उपस्थिति रहेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको