January 18, 2021, Monday
२०७७ माघ ५, सोमबार

कुलेश्वर केन्द्रबिन्दू बनाएर ३.१ रेक्टर स्केलको भूकम्प गयो

  • 26
    Shares

काठमाडौं, सोमबार काठमाडौंको कुलेश्वर केन्द्रबिन्दू भएर भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं, ललितपुर र भक्तपुरमा महशुस गरिएको थियो ।

काठमाण्डौको कुलेश्वर केन्द्रबिन्दु भएर दिउँसो २:३२ मिनेटमा ३ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प मापन केन्द्रले यसलाई २०७२ सालमा आएको महाभूकम्पकै पराकम्प भएको जनाएको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पको परकम्प अझै पनि गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको