January 20, 2021, Wednesday
२०७७ माघ ७, बुधबार

सुध्रिएर जनताप्रती बफादार बन्न सरकारलाई जबराको चेतावनी

  • 16
    Shares

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर जबराले राष्ट्रपति तथा प्रधानमन्त्रीलाई सुध्रिएर जनताप्रती बफादार बन्न चेतावनी दिएका छन् । लोकतान्त्र र प्रजातान्त्रको मुल्य, मान्यतालाई दबाउने काम सरकारबाट भएको अध्यक्ष जबराले बताएका हुन् ।

२९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा पृथ्वीनारायण शाहप्रति श्रद्धा अर्पण गर्ने क्रममा सरकारले गरेको दमन नागरिकको नैसर्गिक अधिकार र लोकतन्त्रविरोधी कार्य गरेको बताएका उनले बताए ।

‘सरकारको लोकतन्त्र विरोधी कार्यको राप्रपाले सडकमा उत्रिरहने छ । राष्ट्र निर्माताप्रति श्रद्धान्जली अर्पण गर्ने नागरिकहरुमाथि सरकारको क्रुर दमन अत्यन्त अन्यायपूर्ण छ । यसको म कडा शब्दमा भत्र्सना गर्दछु,’ राप्रपा अध्यक्ष राणाले सोमबार भने ।

भद्रकालीमा भेला भएर शान्तिपूर्ण रुपमा पृथ्वीनारायण शाहको सिंहदरबारस्थित सालिकमा माल्यार्पण गर्नअघि बढेका नागरिकलाई प्रहरीले रोक लगाएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको