January 16, 2021, Saturday
२०७७ माघ ३, शनिबार

‘सरकार के नेपालीको सरकार नै हो ?’- अभिनेत्री मनिषा कोइराला

  • 41
    Shares

काठमाडौं, २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सोमबार राजधानीमा र्‍याली निकाल्ने क्रममा राजतन्त्रवादी र प्रहरीबिच भएको झडपको विषयलाई लिएर अभिनेत्री मनिषा कोइरालाले आक्रोश व्यक्त गरेकी छन् ।

सामाजिक सञ्जाल ट्विटरमा उनले पृथ्वी नारायण साहको शालिक अगाडि सरकारले आपत्तिजनक कार्य भएको बताएकी हुन् ।

उनले ट्वीटरमा लेखेकी छन्,’ मैले आशा गरेकिथिए क़ि जनताको राष्ट्रीय एकता प्रतीकों सामूहिक भावलाई सरकार ले सम्मान गर्ने छ । तर उसको व्यवहार ठीक उल्टो देखियो । पृथ्वी नारायणको शालिक अगाडी नै सरकार को यो आपत्तिजनक कार्य ? पानीको फोहरा र टियर ग्यास सहितनै तैनात प्रहरीलाई पठाउने, सरकार के नेपालीको सरकार नै हो ?’

शीर्ष समाचार

धेरै पढिएको