प्रधानमन्त्री ओलीलाई कसैले ‘बा’ भनेर सम्बोधन गरिदिए मख्ख पर्छन्: माधव नेपाल

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना आसेपासेलाई चलाउन खप्पिस रहेको टिप्पणी गरेका छन् । कसैले ‘बा’ भनेर सम्बोधन गरिदिए मख्ख पर्ने बानी ओलीमा रहेको पनि उनले बताए ।
सोमबार राजधानीमा आयोजित बृहत् नागरिक भेलालाई सम्बोधन गर्दै उनले ओलीले मदन भण्डारीको नाम बेस्कन बेचेपनि उनको विशेषता भने अनुशरण नगरेको आरोप लगाएका हुन् ।
उनले भने, ‘केपी ओलीलाई मख्ख पार्नुपरेमा बा भनेपुग्छ । उहाँ आसेपासे चलाउन खप्पिस हुनुहुन्छ ।,’
नेपालले विरोधीलाई तह लगाउन ओलीले गुप्तचर र सम्पत्ति शुद्धीकरण विभागलाई आफू मातहत राखेको आरोप समेत लगाएका छन् । उनले विगतमा आफूहरुले ओलीमाथि देखाएको उदारता कमजोरी भएको बताउँदै उनी केही गरी पनि नसुध्रिएको बताएका छन् ।
प्रतिकृया दिनुहोस्