January 24, 2021, Sunday
२०७७ माघ ११, आईतवार

थप ४८८ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

  • 18
    Shares

काठमाडौं, सोमबार थप ४८८ जनाम कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १९२ जना महिला र २९६ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा नेपालमा ५२७ जना कोरोना निको भई डिस्चार्ज भएका छन् । नेपालमा हालस्म्म कोरोनामुक्त हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ९२७ पुगेको छ । हाल देशभर क्वारेन्टाइनमा रहनेको संख्या २३७ रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको