January 21, 2021, Thursday
२०७७ माघ ९, शुक्रबार

नेकपा प्रचण्ड-नेपाल पक्षको निर्वाचन रोक्ने आग्रह आयोगद्वारा अस्वीकार

  • 12
    Shares

काठमाडौं, नेकपा प्रचण्ड-नेपाल समुहले निर्वाचन रोक्न गरेको आग्रह आयोगले अस्वीकार गरेको छ ।
सोमबार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले निर्वाचन आयोगमा पुगेर सरकारले तोकेको निर्वाचन रोक्न आग्रह गरेका थिए ।

अदालतले निर्वाचन नगर्न नभनेसम्म काम रोक्न नसकिने आयोगका अधिकारीहरुले बताएका छन् । योसँगै प्रचण्ड-नेपाल समुहलाई आयोगको तटस्थतामा शंका नगर्न आग्रहसमेत गरेको बताइएको छ ।

उनीहरुले संसद विघटन सम्बन्धको फैसला नआएसम्म निर्वाचनको काम नगर्न आयोगलाई आग्रह गरेको बुझिएको छ ।

नेताहरुले आयोगलाई स्वच्छता निष्पक्षता र तटस्थताको आधारमा काम गर्न सुझाव समेत दिएको बताइएको छ । तर निर्वाचन आयोगले भने सरकारले तोकेको मितिमा निर्वाचन गराउने काम थालिसकेको  र नराेक्ने जवाफ दिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको