January 18, 2021, Monday
२०७७ माघ ५, सोमबार

संविधानको अस्पष्टता सर्वोच्चले व्याख्या गर्ने हो, त्यसैले जे व्याख्या गर्छ त्यहीँ सबैले मान्नुपर्छ: भण्डारी

  • 16
    Shares

बुटवल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले सर्वोच्च अदालतलाई मात्रै संविधानको अन्तिम ब्याख्या गर्ने अधिकार भएको बताएका छन् ।

रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा कार्यक्रममा बोल्दै उनल भने, ‘हामीले बनाएको संविधानमा अन्तिम फैसला गर्ने अधिकार सर्बोच्च अदालतको रहनेछ भनिएको छ, त्यसैले अदालतले संसद पुर्नस्थापना गरेमा वा निर्वाचन गर भनेमा जे भनेपनि सबैदलले मान्नुपर्ने छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन संविधान विपरित रहेको भन्दै उनले सर्बोच्च अदालतमा रहेको विचाराधीन मुद्दामाथि सडकबाट फैसला गर्न नहुने बताए ।

‘संविधानमा रहेका अस्पष्टताबारे व्याख्या गर्ने सर्वोच्च अदालतले हो, सर्वोच्चले जे व्याख्या गर्छ त्यसलाई सबैले स्वीकार्नुपर्छ,’ उनले भने । आफ्नै अक्षमताले जनताका पक्षमा कुनैपनि काम गर्न नसकेपछि सरकारले जनतासामु आत्मसमर्पण गरेको उनको निष्कर्ष छ ।

उनले सर्बोच्चमा विचाराधीन विषयमा पूर्व प्रधानन्याधीशहरुले बोल्नु पनि गलत भएको टिप्पणी गरेका छन् । 

शीर्ष समाचार

धेरै पढिएको