January 15, 2021, Friday
२०७७ माघ ३, शनिबार

जङ्गीअड्डामा पृथ्वीनारायण शाह अध्ययन केन्द्रको उद्घाटन

  • 3
    Shares

काठमाडौं, पृथ्वीनारायण शाहको २९९औं जन्म जयन्तीको अवसरमा आज नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा पृथ्वीनारायण शाह अध्ययन केन्द्रको उद्घाटन गरिएको छ ।

सोमबार ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०७७’ सेनाको मुख्यालय जङ्गीअड्डामा पृथ्वीनारायण शाह अध्ययन केन्द्रको उद्घाटन गरिएको हो ।

आज भद्रकालीस्थित ज‌ङ्गीअड्डामा आयोजित विशेष समारोहमा नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले केन्द्रको उद्घाटन गरेका हुन् ।

केन्द्रमा पृथ्वीनारायण शाहकालीन इतिहास झल्काउने चित्रकलालगायतका महत्‍त्वपूर्ण जानकारी रहेको पनि सेनाले जनाएको छ । सो कार्यक्रममा प्रधानसेनापति थापाले पृथ्वीनारायण शाहको शालिकमा सलामी तथा सम्मान अर्पण गरेका थिए ।

पृथ्वी जयन्तीका अवसरमा सेनाले राष्ट्रव्यापी ‘राष्ट्रिय कविता प्रतियोगिता २०७७’ पनि आयोजना गरेको थियो ।

प्रतियोगितामा ३६९ कविता सहभागी भएको र उत्कृष्ट १० तथा छनौट भएका थप उत्कृष्ट ३० कविहरुसहित जम्मा ४० जना कविहरुले आइतबार उपत्यका पृतना मुख्यालयको अडिटोरियम हलमा कविता वाचन गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको