January 26, 2021, Tuesday
२०७७ माघ १३, मंगलवार

२९९ औँ पृथ्वी जयन्तीका अवसरमा गोरखाका पाँच स्थानीय तहमा आज सार्वजनिक बिदा

  • 1
    Share

गोरखा, पृथ्वी नारायण शाहको २९९ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा गोरखाका पाँच वटा स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् ।

आधुनिक नेपाल एकीकरणका नायक तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मथलो समेत रहेको जिल्लाको गोरखा नगरपालिका, पालुङटार नगरपालिका, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका र भीमसेन थापा गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।

गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त, सिरानचोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रमणि न्यौपाने, भीमसेन थापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण थापा, अजिरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र ज्ञवाली र पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत तेजराज शर्माले सूचना प्रकाशन गरी सार्वजनिक बिदाको जानकारी गराएका हुन् ।

पृथ्वीनारायण शाहको सम्मान र सम्झनामा एक दिन सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख गरिएको छ । सार्वजनिक बिदाका दिन ती पालिकाभित्रका सबै सरकारी कार्यालय, विद्यालयलगायत सार्वजनिक सङ्घसंस्था बन्द रहने जनाइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको