January 22, 2021, Friday
२०७७ माघ १०, शनिबार

सर्लाहीमा काँग्रेस र प्रचण्ड-नेपाल समुहका कार्यकर्ताबीच झडप हुँदा ७ घाइते

  • 19
    Shares

सर्लाही, सर्लाहीमा नेकपा प्रचण्ड-नेपाल समुहका कार्यकर्ता र नेपाली काँग्रेसका कार्यकर्ता बीच झडप भएको छ । सर्लाहीको चक्रघट्टा गाउँपालिकामा दुई पक्षबीच भएको सो झडपमा परी ७ जना घाइते भएका छन् ।

आइबार बिहान चक्रघट्टा गाउँपालिकाका अध्यक्ष बिक्रम यादव समुहका केहि व्यक्तिले वडा नं ६ गोहियाही बस्ने अन्दाजी ६० वर्षीय रामजिनिस साहलाई कुटपिट गरेपछि बिबाद बढेको थियो । त्यसपछि भएको झडपमा दुई पक्षबीच ढुङ्गा हानहान हुँदा ७ जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा वडा नं २ बस्ने ३६ वर्षीय दिनेश राय, ३३ रंजित यादव, २८ वर्षीय संतोष यादव, वडा नं ९ घोरिया बस्ने २० वर्षीय धिरेन्द्र यादव, २० वर्षीय पप्पु यादव, वाडा नं ७ सगरदिना बस्ने ३३ वर्षीय नविन कुमार यादव रहेका छन् ।

घाइते सबैको अवस्था समान्य रहेको र उनीहरुको उपचार जिल्ला अस्पताल मलंगवामा भैरहेको प्रहरीले जनाएको छ । त्यस्तै नेपाली कांग्रेस पक्षका लेथ मेशीन सञ्चालक रामजिनिस साहलाई जिल्ला अस्पतालमा समान्य उपचार पश्चात थप उपचारको लागि बिरगंज पठाइएको नेपाली कांग्रेस सर्लाहीले जनाएको छ ।

लेथ मेशीन संचालक साह पक्षबाट करिब ५ सय आएको गाउँलेहरुले गाउँपालिकाको ना १ झ १७०० नाम्बरको स्कार्पियो जीप तथा केहि मोटरसाईकल र कार्यालयमा समेत तोडफोड गरी क्षति पु(याएको गाँउपालिकाका अध्यक्ष बिक्रम यादवले बताएका छन् ।

अहिले घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेले जानकारी दिए ।

शीर्ष समाचार

धेरै पढिएको