January 20, 2021, Wednesday
२०७७ माघ ७, बुधबार

थप २५९ जनामा कोरोना संक्रमण पुष्टि, ५१३ जना डिस्चार्ज

  • 1
    Share

काठमाडौं, आइतबार थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६४ हजार ७८० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ४२२ रहेको छ । गत २४ घण्टामा ५१३ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५८ हजार ४११ पुगेको छ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ९१७ पुगेको छ ।

यस्तै हालसम्म २५७ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म १८ लाख ८२ हजार २४६ जनाको पीसीआर परिक्षण गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको