January 21, 2021, Thursday
२०७७ माघ ९, शुक्रबार

राष्ट्रिय सभाको हिउँदे अधिवेशन आज राती अन्त्य हुने

  • 1
    Share

काठमाडौं, राष्ट्रिय सभाको हिउँदे अधिवेशन आज राती १२:०० स्वत अन्त्य हुने भएको छ । राष्ट्रिय सभाको अधिवेशन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि अन्त्य हुने भएको राष्ट्रिय सभा सचिवालय स्रोतले जनाएको छ ।

प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रिय सभाको बैठक औपचारिकताका लागि पुस १७ गते बोलाइएको थियो । त्यसपछि दुई बैठक मात्रै बसेका थिए । आज तेस्रो बैठक बसेपछि सभाको हिउँदे अधिवेशन स्वत: अन्त्य हुने भएको हो ।

शीर्ष समाचार

धेरै पढिएको