March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

“प्रधानन्यायाधीशलाई वर्तमान र भविष्य सम्झिएर फैसला गर्नुस् भनेको धम्की हाेइन ?”

काठमाडौं, प्रधानमन्त्री केपी ओलीले प्रधानन्यायाधीशलाई वर्तमान र भविष्य सम्झिएर फैसला गर्नुस् भनेको धम्की नभएको बताएका छन् ।

आइतबार राष्ट्रिय सभालाई सम्बोधन गर्दै ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेलाई संविधान पढ्नसमेत आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले भने, “केही मान्छेले आरोप उचालेका छन्, यो विघटन असंवैधनिक छ भनेर । त्यस्ता मानिसलाई संविधान राम्रोसँग पढ्न सुझाब दिन चाहन्छु । कमसेकम संविधान पढ्नुस् अनि संविधानसम्मत छ कि छैन भन्ने बहसमा उत्रिनुस् । संविधानसम्मत छ कि छैन भन्ने कुरा आग्रहपूर्ण ढंगले, सम्मानित सर्वाेच्च अदालतलाई दबाब दिने ढंगले, स्वतन्त्र ढंगले न्याय निरुपण गर्न बाधा पुऱ्याउने हिसाबले काम भइरहेको छ ।”

उनले थपे, “कुनै अधिवक्ता, प्रधानन्यायाधीशलाई वर्तमान र भविष्य सम्झिएर फैसला गर्नुस्, यो भनेको धम्की हाेइन, अराजकता पनि हद हुन्छ । केही वर्ष न्यायालयमा जागिर खानेबित्तिकै अहिले पनि आफैँ न्यायालयमा छु भनेजस्तो गरेर केही पूर्वन्यायमूर्तिहरू, कस्तो न्याय दिनुभएछ उहाँहरूले आफ्नो समयमा भन्ने मलाई अचम्म लाग्छ । कस्तो न्याय दिनुभयो होला ? सडकमा ओर्लिएर न्यायालयलाई, स्वतन्त्र न्यायालयलाई उहाँहरू ललकारी रहनुभएको छ । यस्तो हुन्छ, यस्तो हुँदैन, के सर्वाेच्च अदालतमा वकालत नपढीकन पुग्नुभएको छ मान्छे ? विनाअनुभव पुग्नुभएको छ मान्छे ? के त्यो पत्रकार सम्मेलन गर्ने र वक्तव्यबाजी गर्नेहरूले मात्रै कानुन पढेको छ ? अरूले पढेको छैन ? उहाँहरूले दबाब दिने मनशायले काम गर्नुभएको छ । “

शीर्ष समाचार

धेरै पढिएको