पार्टी कमजोर पार्न एउटै नेताको घरमा २ सय ८० बैठक बसे: प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत प्राप्त सरकारलाई काम गर्न नदिएर घेराबन्दी बनाएपछि संसद विघटन गर्नु परेको बताएका छन् ।
आइतबार राष्ट्रियसभाको बैठकमा बोल्दै प्रधानमन्त्री
ओलीले जनताको इच्छा भनेको सरकार ५ वर्षसम्म टिकोस भन्ने भएको बताएका हुन् । उनले देशलाई अस्थिरतातर्फ लान धेरै प्रयास गरिएको बताए ।
गत बैशाख १३ देखि पुस ४ गतेसम्म पार्टी कमजोर बनाउन एउटै नेताको घरमा २ सय ८० बैठक बसेको आंकडा प्रस्तुत गरे । देशलाई अस्थिरतामा लैजाने प्रयास गरेपछि ताजा जनादेशमा जान बाध्य भएको उनको दावी गरे । आँफुले छिमेकी राष्ट्र भारतसँग साँचो अर्थमा मित्रता बढाउन चाहेको पनि बताए ।
प्रतिकृया दिनुहोस्