January 26, 2021, Tuesday
२०७७ माघ १३, मंगलवार

राष्ट्रिय सभाको हिउँदे अधिवशेन अन्त्य गर्न राष्ट्रपति भण्डारीलाई सिफारिस गर्ने

  • 1
    Share
file photo

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बोलाएको आकस्मिक मन्त्रिपरिषद्को बैठक सकिएको छ ।

मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवशेन अन्त्य गर्न राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको बैठकले आज राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

आज बस्ने राष्ट्रिय सभाको बैठकमा थारु आयोगको प्रतिवेदन पेश गर्ने, विधायन समितिको प्रतिवेदन पेस गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले संवोधन गर्ने कार्यसूची रहेको छ ।

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयप्रति भने नेकपा प्रचण्ड-नेपाल पक्ष तथा नेपाली काँग्रेसका सांसदले बिरोध गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको