पशुपतिनाथ मन्दिर आज बन्द रहने, सोमबार बिहान ६ बजेमात्रै मन्दिर खुल्ने
- hamro_kantipur
- २०७७ पुष २६

काठमाडौं, पशुपतिनाथ मन्दिर आज दिनभर बन्द हुने भएको छ ।
शनिबार धनुर्मास पर्व परेको र रातभर पूजा आराधना गरिएकाले आज दिनभर मन्दिर बन्द हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
मन्दिर अब सोमबार बिहान ६ बजेमात्रै मन्दिर खुल्ने कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिएका छन् ।
उनका अनुसार चिसोबाट जोगाउन भन्दै मूल मन्दिरमा हिजो रातभरि धनुर्मास पर्वमा पूजा गरिएको र पूजा गरेको भोलिपल्ट मन्दिर बन्द गर्नुपर्ने नियम रहेकोले मन्दिर बन्द हुने भएको हो ।
शीर्ष समाचार
- सङ्घर्षका कार्यक्रमलाई थप प्रभावकारी बनाउने दाहाल-नेपाल पक्षको निर्णय
- द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन डीपीआर निर्माण सुरु
- प्रधानमन्त्री ओलीका कामले आफ्नै दलभित्रका विभाजनकारी आत्तिए: मुख्यमन्त्री गुरुङ
- नेकपा विभाजन मान्न नसकिने आयोगको निष्कर्ष
- ट्रम्पविरुद्ध महाअभियोगको सुनुवाई ८ फेब्रुअरीबाट शुरु हुने
धेरै पढिएको
-
स्वस्थानीको अर्थ के हो ?
२०७७ माघ ५
प्रतिकृया दिनुहोस्