January 27, 2021, Wednesday
२०७७ माघ १४, बुधबार

हेटौंडामा एक पुरुषको शव फेला

  • 2
    Shares
सांकेतिक तस्बिर

मकवानपुर, हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा आइतबार बिहान अन्दाजी ४५ वर्षीय एक पुरुषको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) इन्द्रबहादुर रानाका अनुसार शवको हाल सनाखत हुनसकेको छैन । बिहान स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

हाल घटनास्थलमा प्रवक्ता रानासहितको टोली पुगिसकेको र शवको मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनाको थप आवश्यक अनुसन्धान भइरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको