
पछिल्लो समय नेपालमा काेराेना संक्रमित दिनदनै बढिरहेको छ । नेपालकाे अधिकांश जिल्लामा संक्रमित फेला परिसकेका छन् । यहि क्रम बढेर नेपालमा आगामी भदौसम्म कोरोना भाइरस संक्रमितको संख्या ४० हजार नाघ्ने आँकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालको अवस्थालाई सूक्ष्म अनुसन्धान गर्दै सो आँकलन गरेको हो ।
लकडाउन खुकुलो हुँदै जानु, सिमानाका जोडिएको देश भारतबाट आउने क्रम बढ्नु, संक्रमितको सम्पर्कमा आएकाको ट्रेसिङ सुस्त गतिमा हुनुलगायतका कारणले संक्रमणको जोखिम बढेको जनस्वास्थ्य विज्ञहरूकाे पनि बुझाई छ । अहिले दैनिक झन्डै ३ हजार जनाभन्दा बढी व्यक्ति भारतबाट नेपाल प्रवेश गर्ने गरेका छन् । र अन्य मुलुक बाट पनि धेरै नेपाली स्वदेश फर्किएका छन् । नेपालीहरु विदेश बाट स्वदेश फर्किने क्रम जारी रहेकाे छ । यी सबै कारणले पनि काेराेना संक्रमित बढ्न सक्ने छ । याे अबस्थाहरुलाई न्यून गराउन अाम नागरिकको पनि गहन भुमिका देखिएकाे छ ।





