April 16, 2024, Tuesday
२०८१ बैशाख ५, बुधबार

झापामा मोटरसाइकल दुर्घटनामा परि एक युवाको मृत्यु

दमक, झापामा मोटरसाइकल दुर्घटनामा परि एक युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिकामा गए राति भएको दुर्घटनामा परेर स्थानीय एक युवाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति ८ः३० बजे झापाको दमकवाट पूर्वतर्फ मोटरसाइकलमा आउँदै गरेका शिवसताक्षी नगरपालिका–११ का ३८ वर्षीय छविरमण ढकालको मृत्यु भएको थियो । झिलझिले निवासी उनी लाइभकियर फर्मास्युटिकलका प्रबन्धक थिए ।

शिवसताक्षी–१ स्थित धरमपुरमा पर्ने कमलखोला सडकखण्डमा उनी सवार मोटरसाइकल दुर्घटना भएको हो । मे३प ९८९६ नंको मोटरसाइकलमा सवार ढकाल आँफैअनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यसैगरी शनिबार साँझ जिल्लाको बुद्धशान्ति गाउँपालिका–३ स्थित धाइजन चोकमा मे१च ५३९६ नंको पिकअप भ्यानलाई विपरीत दिशाबाट आउँदै गरेको मे२प ६९८४ नंको मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकलमा सवार अर्जुनधाराका ५० वर्षीय छत्रबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको