January 23, 2021, Saturday
२०७७ माघ १०, शनिबार

पूूर्व प्रधानन्यायाधीशहरुले अदालतमा विचाराधीन मुद्दामा चासो राख्न मिल्दैन: पार्वत गुरुङ

  • 1
    Share

काठमाडौं, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रतिनिधिसभा विघटन प्रकरणमा चार पूर्व प्रधानन्यायाधीशहरुले दिएको वक्तव्यप्रति आपत्ति जनाएका छन् ।

तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै
सर्वोच्च अदालतमा विचाराधिन मुद्दालाई प्रभावित तुल्याउनेगरी पूर्व प्रधानन्यायाधीशहरुले संयुक्त वक्तव्य आउनु उचित नरहको उनले बताएका हुन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरुलाई न्याय निरुपण तुुल्याउने गरी पूर्व प्रधानन्यायाधीशहरुले स्वतन्त्र न्यायालयको गरिमामाथि आँच आउने काम गरेको मन्त्री गुरुङले बताए ।

उनले भने, “संविधान, कानुन र नैतिकता कुनै पनि दृष्टिले सर्वोच्च अदालतको नेतृत्व गरिसक्नु भएका पूूर्व प्रधानन्यायाधीशहरुले अदालतमा विचाराधीन मुद्दामा चासो राख्न मिल्दैन ।”

मन्त्री गुरुङले न्याय क्षेत्र आफै सक्षम र सवल हुुँदाहुँदै कमजोर बनाउने गरी न्यायमूर्ति भईसक्नुभएका पूर्व प्रधानन्यायाधीशहरुबाट संविधान, कानुन विपरित वक्तव्य आउनु खेदजनक रहेको बताए । उनले पूर्व प्रधानन्यायाधीशहरुको कानुन विपरित र नैतिकताभित्र पनि नपर्ने खालका वक्तव्यको भ्रममा नपर्न पनि सबैलाई अपिल गरे ।

शीर्ष समाचार

धेरै पढिएको