January 18, 2021, Monday
२०७७ माघ ५, सोमबार

गृहजिल्ला स्याङ्जा पुगेकी कृषिमन्त्री अर्याललाई कालो झन्डाले स्वागत

  • 3
    Shares

स्याङ्जा, कृषिमन्त्री पद्मा अर्याललाई गृहजिल्ला स्याङ्जामा कालो झन्डा देखाइएको छ । तरुण दल र नेबिसंघले शनिबार एक घण्टा सिद्धार्थ राजमार्गमा चक्काजाम गरेका थिए ।

नेकपा ओली समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्न गृहजिल्ला पुगेकी मन्त्री अर्याललाई वालिङकाे पतञ्जली भवन अगाडि कांग्रेस कार्यकर्ताले कालो झन्डा देखाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि कांग्रेसले तय गरेको केन्द्रीय विरोधको कार्यक्रम अन्तर्गत वालिङमा प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको तरुण दल वालिङ नगर सभापति आशिषप्रताप खाँणले बताएका छन् ।

सोही समयमा आएकी मन्त्री अर्याललाई कालो झन्डा देखाएर विरोध गरिएको उनले बताए । नेकपा ओली समूहको सिटिहलमा भेला आयोजना गरिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको