January 23, 2021, Saturday
२०७७ माघ १०, शनिबार

खुलामञ्चमा खुल्ला बहस गर्न नेम्वाङ र खरेललाई साथै लिएर आउन ओलीलाई गगनको चुनौती

  • 15
    Shares

काठमाडौं, नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई खुलामञ्चमा खुल्ला बहसको चुनौती दिएका छन् । थापाले बहसका लागि सुवास नेम्वाङ र अग्नि खरेल समेतलाई लिएर आउन चुनौति दिएका हुन् ।

संविधानमा नभएको अधिकार दुरुपयोग गरी प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बिघटन गरेको थापाको तर्क दिए भने उनले ओलीलाई जोकरकोसमेत संज्ञा दिएका छन् ।

थापाले काठमाडौं ४ मा शनिबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै भने, ‘कमरेड ओलीलाई चुनौती छ सुवास नेम्वाङ र अग्नि खरेल बोकेर आउनुहोस् हामी संविधान जारी गर्ने रामवरण यादवलाई लिएर आउँछौं । खुलामञ्चमा बहस गरौं,’

ओलीको सनकले जनताको घर घरमा आगो लागेको तर्क गरे । थापाले नेकपाको प्रचण्ड र माधव नेपाल समूहका नेताहरुको पनि चर्को आलोचना गरे । आफूले ओलीलाई विश्राम दिनुपर्छ भन्दा नसुनेको स्मरण गराए ।

शीर्ष समाचार

धेरै पढिएको