January 22, 2021, Friday
२०७७ माघ १०, शनिबार

प्रधानमन्त्री ओलीको समर्थनमा काठमाडौंमा धोती जुलुस

  • 17
    Shares

काठमाडौं, प्रधानमन्त्री एवम् नेकपा अध्यक्षसमेत रहेका केपी शर्मा ओलीको समर्थनमा काठमाडौंमा आज धोती जुलुस निकालिएको छ । नेकपा ओली पक्षीय राष्ट्रिय युवा संघको आह्वानमा काठमाडौँको शनिबार बिजुलीबजारबाट धोती जुलस निस्किएको हो । 

जुलुसमा सहभागी भएकाहरुले धोती, कुर्ता, गम्छा, लगाएका थिए भने उनीहरुले ‘केपी ओली जिन्दावाद, साथ दिन तयार छौँ, आज होइन भोलिलाई १० वर्ष ओलीलाई, धोती, कुर्ता, गम्छा मधेसी के शान बा, केपी ओली हमनी सबके जान बा,’ भन्ने जस्ता नारा लगाएका थिए । 

सो जुलुस बबरमहलबाट निस्केर माइतीघर हुँदै प्रज्ञा भवनतिर अघि बढिरहेको छ । प्रज्ञा भवनमा हुने कार्यक्रमलाई आज प्रधानमन्त्री ओलीलगायतले सम्बोधन गर्नेछन् । 

शीर्ष समाचार

धेरै पढिएको