January 20, 2021, Wednesday
२०७७ माघ ८, बिहीबार

देशलाई ‘कू’को बाटोमा जानबाट जोगाउन प्रम ओली चुनावको बाटोमा जानुभयो: खानेपानीमन्त्री 

  • 1
    Share

काठमाडौं, खानेपानी तथा सरसफाइ मन्त्री मणिचन्द्र थापाले संसद विघटन प्रधानमन्त्रीको बाध्यकारी कदम भएको बताएका छन् । उनले प्रचण्डले ‘कू’ गर्न खोज्दा प्रधानमन्त्री ओलीले असफल बनाएर देशलाई बचाएको दावी गरेका हुन् ।

शनिबार रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले नेकपाभित्रैबाट असहयोग भएपछि र बहुमत प्राप्त प्रधानमन्त्रीलाई ‘कू’ गर्न थालेपछि संसद विघटन गरेको बताएका हुन् ।

‘प्रचण्डले पार्टीभित्रैबाट प्रधानमन्त्री ओलीमाथि ‘कू’ गर्नु खोज्नुभयो,’ मन्त्री थापाले भने, ‘देशलाई ‘कू’को बाटोमा जानबाट जोगाउन प्रधानमन्त्री ओली चुनावको बाटोमा जानुभयो।’ चुनावको विकल्प नभएको भन्दै त्यसविपरित गए प्रतिगमनको बाटोमा देश जाने उनको भनाइ थियो।

उनले देश चुनावको बाटोमा गइसकेको बताउँदै उनले कुनै पनि हालतमा प्रतिनिधि सभा कुनै पनि हालतमा पुनःस्थापना नहुने बताए ।

मन्त्री खानका लागि लागि प्रचण्डको साथ छाड्नु भयो नि भन्ने प्रश्नको जवाफमा उनले आफू अहिलेसम्म चुनाव नलडेको र लड्ने अवसर पनि नपाएको बताउँदै प्रधानमन्त्रीले तपाईंजस्तो इमान्दार मान्छे सरकारमा जानुपर्छ भन्ने प्रस्ताव स्वीकार गरेको बताए ।

शीर्ष समाचार

धेरै पढिएको