January 22, 2021, Friday
२०७७ माघ १०, शनिबार

आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फेल हुने मुख्यमन्त्री पौडेलको दाबी 

  • 14
    Shares

काठमाडौं, आफूविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावलाई फेल हुने वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले दाबी गरेका छन् ।

मुख्यमन्त्री पौडेलले उद्योग संघ मकवानपुरको १९औं साधारणसभाको उद्घाटन गर्दै मुख्यमन्त्री आफ्नै पार्टीका सांसदहरुले आफूविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्तावलाई परास्त गर्ने गरी आफूले तयारी गरिरहेको दाबी गर्दै सो प्रस्ताव फेल हुने कुरा  बताएका हुन् ।

उनले भने, ‘अब बस्ने प्रदेशसभाको बैठकबाट अविश्वासको प्रस्तावको विषयलाई प्रक्रियागत ढंगबाट टुंगो लगाउनेछ,’ पौडेलले थपे, ‘आफ्नै जिल्लाका सांसदहरुले समेत मेरो विरुद्धमा हस्ताक्षर अभियान सञ्चालन गरे । अब विकास विरोधीहरु को रहेछन् भनेर जनताले चिन्ने दिन आएको छ ।’ पौडेलविरुद्ध मकवानपुरका नेकपाका सांसद् मुनु सिग्देल, कुमारी मोक्तान, प्रेमबहादुर पुलामी, ओमबहादुर ग्लानले हस्ताक्षर गरेका छन् ।

मुख्यमन्त्री पौडेलविरुद्ध नेकपाको दाहाल–नेपाल समूहले पुस १० गते ४५ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गराएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको