वातावरण मैत्री अभ्यास प्रवर्द्धनका लागि साइकल अभियान सुरु

ललितपुर, साइकल र वातावरण मैत्री अभ्यास प्रवर्द्धनका लागि साइकल अभियान शनिबार सुरु भएको छ ।
सो अभियानमा यति एयरलाइन्स, सानो पाइला, जीडी ल्याब्स् एन्ड रिसर्च, साइक्लिङ सिटिज इन्डियालगायत साझेदारहरूको सहयोग रहेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), ललितपुर महानगरपालिका, कान्तिपुर मिडिया ग्रुप र साइकल सिटी नेटवर्क नेपालले संयुक्त रूपमा थालेको अभियान आजबाट सुरु भएको हाे ।
ललितपुरमा साइकल र्यालीबाट सुरु भएकाे अभियानलाई कोभिड–१९ महामारीका बेला सहरी गतिशीलता र वातावरण मैत्री जीवनशैलीको विकल्पका रूपमा लिइएको छ ।
प्रतिकृया दिनुहोस्