नेकपा अध्यक्ष पुष्पकमल दाहाल आज स्वदेश फर्कदै
- hamro_kantipur
- २०७७ पुष २५

काठमाडौं, पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल शनिबार स्वदेश फर्कदैछन् ।
उनी छोरी रेणुका साथ शनिबार दिउँसो नेपाल वायुसेवा निगमको दिल्ली–काठमाडौं उडानबाट स्वदेश फर्कन लागेका हुन् ।
गत सोमबार प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि भारतको राजधानी नयाँदिल्ली हुँदै मुम्बई गएका थिए । सीताको उपचारका लागि दाहालसँगै छोरीहरु रेणु र गंगा पनि मुम्बई गएका थिए ।
सीता विगत लामो समयदेखि वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट पीडित छिन् । उनको हाल मुम्बईकै न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्स्टिच्युटमा उपचार चलिरहेको छ ।
शीर्ष समाचार
- ट्रम्पविरुद्ध महाअभियोगको सुनुवाई ८ फेब्रुअरीबाट शुरु हुने
- खोटाङमा भिरबाट लडेर वडा सदस्य फुयाँलको घटनास्थलमै मृत्यु
- थप २७० जनामा कोरोना पुष्टि, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो
- सर्वोच्चमा प्रधानमन्त्री ओलीविरुद्ध अदालत अवहेलनाको निवेदन पेस
- सातै प्रदेशमा आज कोरोना खोप पुग्दै, अस्पताललाई नै केन्द्र बनाएर खोप लगाइने
धेरै पढिएको
-
स्वस्थानीको अर्थ के हो ?
२०७७ माघ ५
प्रतिकृया दिनुहोस्