
नेपाली काँग्रेसमा कोरोना महामारीले चार महिनादेखि रोकिएको महाधिवेशनको बहस फेरि सुरु भएको छ । काँग्रेसमा ०७७ फागुन ७–१० सम्म १४ औँ महाधिवेशन गर्ने गरी भइरहेको गतिविधिमा कोरोना सन्त्रासले ब्रेक लागेको थियो । काेराेनाका कारण ४ महिनादेखि राेकिएकाे कांग्रेसको महाधिवेशन अब समय अनुकुल मिलायर शुरु गर्ने भन्ने बारे चहलपहल बढ्न थालेकाे छ । कोरोना महाकारीलाई मध्येनजर गरी गत चैत ९ गतेदेखि लागु हुनेगरी काँग्रेसले क्रियाशील सदस्यता वितरण र नविकरण स्थगन गर्दै सचेतना अभियानमा सकृय हुने पार्टीपंक्तिलाई निर्देशन दिएको थियो ।
त्यसपछि पछिल्लो चार महिना कोरोना नियन्त्रणमा सरकारलाई सुझाव र दबाब दिन केन्द्रित भएको काँग्रेस अब पार्टीको महाधिवेशनको विषयमा पनि गतिविधि बढाउने तयारीमा छ । नागरितकताको विषयमा पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बुधबार शीर्ष नेताहरुबीच भएको छलफलमा वरिष्ठ नेता राचन्द्र पौडलले महाधिवेशनको विषय उठाएका थिए । महाधिवेशनको कार्यतालिका परिमार्जन गरि विस्तारै गतिविधि सुरु गर्नेपर्नेबारे आफूले कुरा उठाएको पौडल बताउछन् ।
०७२ फागुन २०–२३ सम्म राजधानीमा भएको १३ औँ महाधिवेशनबाट चार वर्षका लागि सभापति निर्वाचित भएका देउवाले ०७७ फागुन ७–१० सम्म १४ औँ महाधिवेशन गर्ने गरी एक वर्षको कार्यकाल बढाएर कार्यतालिका ल्याएका थिए ।पार्टी विधानअनुसार अघि बढेको भए गत फागुन २० सम्ममा १४ औँ महाधिवेशन सम्पन्न भइ नयाँ नेतृत्व चयन भएको ५ महिना भइसक्थ्यो ।पार्टी विधानले असाधारण स्थिति उत्पन्न भए मात्रै एक वर्ष कार्यकाल बढाउन सकिने व्यवस्थामा टेकेर देउवाले सांगठनिक संरचनाको समायोजन र पुनर्गठन गर्न नसकेको स्थितिलाई असाधारण मानेर कार्यकाल लम्ब्याएका थिए ।
अस्ति साभपतिको घरमै गएर (अनौपचारिक) पदाधिकारी बैठकमा महाधिवेशनको कार्यतालिका परिमार्जन गरेर काम अगाडि बढाउने पर्ने भन्ने कुरा राखिसकेको छु । सभापतिजीले हुन्छ भन्नु भएको छ । छिट्टै पदाधिकारी बैठक बोलाएर यसबारे केन्द्रीय कार्यसमिति बैठकमा पेस गर्ने बुझिएको छ ।






