
कोरियामा रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत गएका र भिसा सकिएका २ सय ३६ जना नेपाली शनिबार नेपाल अाउने भएका छन् । दक्षिण कोरियाले नेपाली कामदार लिन पठाउने जहाजमा उनीहरू फर्कने छन् । नेपाली दूतावासले केही समयअघि भिसा सकिएका एक हजारभन्दा बढी नेपालीको नामावली नेपाल सरकारलाई उपलब्ध गराएकाे थियो । साे नामावलीभित्र परेकाहरु शनिबार फर्कन लागेकाे हाे दुतावाले जनाएको छ ।
दूतावासका अनुसार समस्यामा रहेकालाई व्यक्तिहरुलाई प्राथमिकता ,राखेर नेपाल पठाउने बताएको छ। अवैधानिक रूपमा बसेको अभियोगमा कोरियाका विभिन्न जेलमा रहेका १४ नेपाली पनि सोही उडानमा फर्किने छन् ।





