January 17, 2021, Sunday
२०७७ माघ ४, आईतवार

दुःख गरी बनाएको संघीय लोकतान्त्रिक गणतन्त्रको घर नेकपाभित्रको झगडाले भत्काइदियो: भट्टराई 

  • 10
    Shares

काठमाडौं, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दुःख गरी बनाएको संघीय लोकतान्त्रिक गणतन्त्रको घर नेकपाभित्रको झगडाले भत्काइदिएको प्रतिक्रिया दिएका छन् ।


ट्वीट गर्दै जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्षसमेत रहेका भट्टराईले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा भंग गर्नुलाई उनले ‘आगो लगाएको’ रूपमा चित्रण गरेका हुन् ।

ट्वीटमा उनले ठूलो कोठामा सुत्ने झगडाले घरमै आगो लगाइदिएको उल्लेख गरेका हुन् । आगो लागेपछि निभाउन जुटनुपर्नेमा केही सन्तान खरानीका लागि दौडिएको भन्दै प्रतिपक्षी कांग्रेसप्रति पनि भट्टराईले व्यङ्ग्य गरेका छन् ।

नेता भट्टराईले नेकपाले संघीयतामाथि नै खतरा उत्पन्न गराउन खोजेको पनि उल्लेख गरेका छन । घरझगडामा छिमेकी भने रमिते बनेको उनको टिप्पणी छ ।

शीर्ष समाचार

धेरै पढिएको