January 17, 2021, Sunday
२०७७ माघ ४, आईतवार

नेपालको प्रधानमन्त्री हुन ओली योग्य छैनन्: रामचन्द्र पौडेल

  • 1
    Share

काठमाडौं, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमा रहन अयोग्य रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभालाई कुहिएको छानो भन्ने अभिव्यक्ति दिएपछि पौडेलले ओली प्रधानमन्त्रीको पदमा रहन अयोग्य रहेको बताएका हुन् ।


ट्वीट गर्दै नेता पौडेलले प्रतिनिधिसभालाई कुहिएको छानो भन्ने ओलीमा तानाशाह प्रवृत्ति देखिएको जनाएका छन् । संविधानमा हुँदै नभएको विशेषाधिकारको गफ गर्ने ओलीमा तानाशाह प्रवृति देखिएको उनको भनाइ छ ।

शनिबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनलाई कुहिएको छानोसँग तुलना गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको