January 18, 2021, Monday
२०७७ माघ ५, सोमबार

प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई लिखित जवाफ पेस गर्न दिएको म्याद आज सकिँदै

  • 9
    Shares

काठमाडौं, प्रतिनिधि सभा विघटनविरुद्ध परेको निवेदनमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊन आदेश जारी गर्दै प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई लिखित जवाफ पेस गर्न दिएको म्याद आज सकिँदैछ ।

इजलासले आजसम्म महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न सरकार तथा राष्ट्रपतिको कार्यालयसमेतलाई आदेश दिएको थियो ।
रिटमा सर्वोच्चले निवेदनकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ?

सर्वोच्चले निवेदकको माग बमोजिम आदेश जारी हुन नपर्ने कानून बमोजिमको आधार र कारण भए म्याद थाम्न, थमाउन नपाउने गरी लिखित जवाफ पेस गर्नु भनी आदेश जारी गरेको थियो ।

जसअनुसार राष्ट्रपति, प्रधानमन्त्रीको कार्यालयले अनिवार्य रूपमा आज लिखित जवाफ सर्वोच्च अदालतमा पठाउनुपर्ने हुन्छ । तर शुक्रबारसम्म त्यस्तो जवाफ आइनपुगेको सर्वोच्च अदालतले जनाएको छ थियो ।

शीर्ष समाचार

धेरै पढिएको