January 23, 2021, Saturday
२०७७ माघ १०, शनिबार

देशलाई माया गर्ने शक्तिलाई जनताको मत,दुई वटा अंक भएको सिट ल्याएर देखाउन प्रचण्ड समूहलाई ओलीको चूनौति

  • 20
    Shares

काठमाडौं, १८ पुस – प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संविधान नै खतरामा परेकोले नयाँ जनादेशको लागि सिफारिश गर्नुपरेको स्पष्ट पारेका छन् । उनले संसद पूनःस्थापना कुनैपनि हालतमा नहुने जिकिर गरेका छन् । आफू पक्षधरको काठमाडौं जिल्ला कमिटीको भेलालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले पार्टीहरु चुनावको लागि तयारी गरिरहेको र सुरक्षा निकायले चुनावको तयारी गरिरहेकोले अब चुनाव समयमै हुने विश्वास दिलाएका छन् । उनले देशलाई माया गर्ने शक्तिलाई जनताले मत दिने पनि दाबी गरे । उनले दुई वटा अंक भएको सिट ल्याएर देखाउन प्रचण्ड र माधव नेपाल समूहलाई चूनौति दिएका छन् ।

कलाकार चार्ली च्याप्लिनको कथा सुनाउँदै ओलीले पार्टीको आधिकारिकताको विषयमा अदालतले आफ्नो पक्षमा फैसला दिने बताए । ‘चार्ली च्याप्लिनजस्तो को छ भनेर प्रतिस्पर्धा भएछ । त्यसमा चार जना अन्तिममा पुगेछन् । त्यो प्रतियोगितामा चार्ली च्याप्लिन पनि सहभागी भएको रहेछ । तर अन्तिम चारमा ऊ पुगेको रहेनछ,’ उनले थपे, ‘हाम्रो अदालतले को हो असली चार्ली च्याप्लिन भन्ने पत्ता लगाउँछ ।

कुम हल्लाइ, कपालमा लगाएको जेल र जुँगाबाटै पत्ता लगाउँछ ।’ सर्वोच्च अदालत सक्षम रहेको भन्दै ओलीले आफ्नो पक्षमा फैसला आउनेमा कार्यकर्ताहरूलाई विश्वस्त पार्न खोजेका हुन् । सूर्य चुनाव चिह्न आफूसँगै रहेको भन्दै ओलीले त्यसमा कुनै शंका नराख्न कार्यकर्ताहरूलाई विश्वस्त पारे । निर्वाचन आयोगमा पार्टीको आधिकारिता र चुनाव चिह्नबारे प्रक्रिया अगाडि बढेको बेलामा प्रधानमन्त्री ओलीले आधिकारीकता आफूसँग रहेको बताए । उनले पार्टीको कार्यकारी अध्यक्ष दाहाललाई दिएको तर त्यसबाट पार्टी नै उनको नभएको धारणा राखेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको