२४ घण्टामा ४१९ जनामा कोरोना संक्रमित थपिए

काठमाडौं, १८ पुस- नेपालमा कोरोना भाइरस संक्रमित आज ४ सय १९ जना थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६१ हजार ४ सय ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ७ सय ५० जना संक्रमणमुक्त भएका छन् ।
आजसम्म २ लाख ५३ हजार ८ सय ५७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ४२ हजार ७०२ परीक्षणहरु गरिएका छन् ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३६७ रहेको छ भने कोरोना संक्रमणबाट २४ घण्टामा थप ६ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८७० जना पुगेको छ ।
प्रतिकृया दिनुहोस्