January 18, 2021, Monday
२०७७ माघ ५, सोमबार

पर्सामा कारको ठक्करबाट बाघको घटनास्थलमै मृत्यु

  • 15
    Shares

पर्सा, पर्सा राष्ट्रिय निकुञ्जको अमलेखगञ्ज–पथलैया सडकखण्डम कारको ठक्करबाट एउटा बाघको मृत्यु भएको छ । जितपुर सिमरा उपमहानगरपालिका एक स्थित आधाभार जंगलमा कारले अन्दाजी आठ वर्षको पोथी बाघलाई ठक्कर दिएको हो ।

हेटौंडाबाट निजगढ गइरहेको अजयकुमार मिश्रको बा १६ च ८११ नम्बरको कारले शनिबार बिहान सडकमै बाघलाई ठक्कर दिएको हो । प्रहरीले गाडी र सर्लाही निवासी चालक मिश्रलाई नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाएको छ ।

तीव्र गतिमा आइरहेको कारमा बाघले जम्प गर्ने क्रममा चक्कामुनि आएको चालकले बयान दिएका छन् । दुई वर्षअघिको तथ्यांकअनुसार नेपालमा बाघको संख्या २ सय ३५ छ भने पर्सा निकुञ्जमा बाघको संख्या १८ छ ।

शीर्ष समाचार

धेरै पढिएको