संसद विघटनविरुद्व दाहाल-नेपाल समूहले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्दै

काठमाडौं, संसद विघटनविरुद्ध नेकपाको दाहाल-नेपाल समूहले आज दोस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गर्दै छ ।
प्रधानमन्त्रीसमेत रहेका (ओली समुह) का अध्यक्ष केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध दोस्रो चरणको आन्दोलन कार्यक्रम सो समूहले सार्वजनिक गर्न लागेको हो ।
नारायणकाजी श्रेष्ठको नेतृत्वमा यसअघि गठित संघर्ष समितिको बैठकपछि आज दिउँसो पत्रकार सम्मेलनमार्फत आन्दोलन कार्यक्रम सार्वजनिक गर्ने तयारी छ ।
दोस्रो चरणमा वडा तहदेखि केन्द्रसम्म जनपरिचालन गर्ने तयारी दाहाल-नेपाल समूहको छ । अन्य दलसँग संयुक्त रूपमा संघर्षका कार्यक्रम गर्ने विषयमा गरिएको छलफलमा तत्काल सहमति नबनेपछि एक्लै आन्दोलन कार्यक्रम घोषण गर्न लागिएको हो ।
प्रतिकृया दिनुहोस्