January 23, 2021, Saturday
२०७७ माघ ११, आईतवार

प्रमोदराज स्मृती पत्रकारीता पुरस्कार नारद कोहार र सोना खटिकलाई

  • 664
    Shares

कपिलवस्तु, नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले हरेक वर्ष बितरण गर्ने स्वर्गिय प्रमोदराज स्मृती पत्रकारीता पुरस्कार नारद कोहार र सोना खटिकलाई वितरण गरिएको छ ।

साहित्यकार हरिराज शर्मा (हराश) का स्वर्गिय छोरा प्रमोदराज शर्माको स्मृतीमा युनियनले राखेको अक्षयकोषबाट जनही ५ हजार ५ सय ५५ रुपैया राशीको पुरस्कार बितरण गरिएको थियो ।

नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देल र नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश बिष्ट, अक्षयकोषका संरक्षक हरिराज शर्माले आज सञ्चारकर्मी नारद कोहार र सोना खटिकलाई पुरस्कार रकम र प्रमाणपत्र प्रदान गरेका थिए ।

पुरस्कृत सञ्चारकर्मी कोहार साझा न्यूज साप्ताहिकका कार्यकारी सम्पादक हुन भने खटिक रेडियो कपिलवस्तुकी स्टेशन म्यानेजर रहेका छन् ।

पत्रकारिता क्षेत्रमा खटिएका कर्मशिल पत्रकारलाई पुरस्कृत हुन चयन गरेर युनियनले उदाहरणीय कार्य गरेको अक्षयकोषका संरक्षक शर्मा बताए ।

शीर्ष समाचार

धेरै पढिएको