January 21, 2021, Thursday
२०७७ माघ ९, शुक्रबार

देश राजनीतिक दुर्घटनामा पुगेको छ, यसको मुख्य कारण प्रधानमन्त्री हो: जितेन्द्र देव

  • 7
    Shares

काठमाडौं, काँग्रेस नेता तथा राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देवले देश राजनीतिक दुर्घटनामा पुगेको बताएका छन् । 

आजबाट सुरु भएको राष्ट्रिय सभाको अधिवेशनमा मन्तव्य राख्दै देवले संविधान अनुसार प्रतिनिधि सभाको पनि आज बैठक हुनुपर्ने भएपनि प्रतिनिधि सभा नरहेको भन्दै आज विशिष्ट परिस्थिति आइपरेको बताए । 

‘संघीय संसदको एउटा अंग मृत्यु श्ययामा छ । नेपाली राजनीतिको एउटा विशिष्ट अवस्था मात्रै नभएको भन्दै जनताको त्याग तपस्या र बलिदान । २००७ पछि निरन्तरका जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलनको उपलव्धि नै समाप्त हुने हो कि भन्ने लक्षण आकासमा मडारिरहेको छ । अग्रगमनका लागि लडेका सवै चिन्तित हुनु स्वभाविक हो’, देवको भनाइ छ ।

उनले भने ‘देश राजनीतिक दुर्घटनामा पुगेको छ । अन्योल र कुहिरोको काग जस्तो, दिग्भ्रमति छ । दिशाहीन र मृत्युवरण गर्छ । यसको मुख्य कारण सरकार र प्रधानमन्त्री हुनुहुन्छ’,  देवले असंवैधानिक कदमबारे अदालतमा रिट परेकाले त्यसबारे आउने निर्णय मान्ने आफ्नो पार्टीले निर्णय नै गरेको बताए । 

देवले प्रधानमन्त्रीले भनेजस्तो संसद भंग गर्ने अधिकार संविधानको धारा ७६ नभएको भन्दै कुनैपनि उपधारामा त्यस्तो अधिकार नभएको दावी गरे । प्रतिनिधि सभा जनताको प्रतिनिधि बस्ने ठाउँ भएको र यसलाई मर्न दिन नहुने बताए ।

उनले संविधानमा संसदीय सर्वोच्चता हो कि प्रधानमन्त्रीय सर्वोच्च हो ? भन्दै प्रश्न गरे । उनले पार्टीभित्रको समस्या देश र संसदको समस्यामा लगेर जोड्दै प्रधानमन्त्रीले संसद भंग गरेकाले जनताले यही प्रश्न गरिरहेको बताए  ।

शीर्ष समाचार

धेरै पढिएको