January 15, 2021, Friday
२०७७ माघ ३, शनिबार

राष्ट्रियसभाका एक सांसदसहित ५ जना कर्मचारीमा कोरोना पुष्टि

  • 8
    Shares

काठमाडौं, राष्ट्रियसभाको हिउँदे अधिवेशन शुक्रबारबाट सुरु हुने भएपछि बिहीबार स्वाब परीक्षण गराएका राष्ट्रियसभाका एक सांसदमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

हिजो स्वाब परीक्षण गराएका ४४ सांसदमध्ये १ जनामा संक्रमण पुष्टि भएको संसद सचिवालय स्रोतले जनाएको छ । सचिवालय स्रोतका अनुसार बिहीबार नै स्वाब परीक्षण गराएका ५६ जना कर्मचारीमध्ये ५ जनामा पनि संक्रमण पुष्टि भएको छ ।


राष्ट्रियसभाको हिउँदे अधिवेशन आजबाट सुरु भएको छ भने कोरोना संक्रमित सांसद अधिवेशनमा सहभागी हुन पाउने छैनन् ।

शीर्ष समाचार

धेरै पढिएको