January 20, 2021, Wednesday
२०७७ माघ ८, बिहीबार

काठमाडौंमा हिन्दूराज्य र राजसंस्थाको पक्षमा राप्रपाको बृहत प्रदर्शन

  • 14
    Shares

काठमाडौं, हिन्दूराज्य र राजसंस्थाको पक्षमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज बृहत प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनपछि राप्रपाले हिन्दू र राजसंस्थाको पक्षमा शुक्रबार बृहत प्रदर्शन गरेको हो ।

प्रदर्शन काठमाडौँको बृकुटीमण्डपबाट सुरु हुँदै रत्नपार्कपुगी कोण सभामा परिणत भएको हो । बृहत प्रदर्शनमा राप्रपाका बरिष्ठ नेता कमल थापा, डा. प्रकाश चन्द्र लोहनी, पशुपती शमशेर राणलगायत अन्य नेताहरुको उपस्थीती छ।

राप्रपाले हिन्दुराष्ट्र र राजसंस्थासहित लोकतन्त्र र संघीयताको विकल्पमा सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली हुनुपर्ने माग पनि गरेको छ ।

राप्रपाले हिन्दूराष्ट्र र राजसंस्थासहितको लोकतन्त्र पुनर्स्थापना गर्न र सहज रूपमा सबै अटाउने नेपालको निर्माण गर्न आन्दोलनको विकल्प नरहेको बताउँदै आएको छ । यसअघि पनि राप्रपाले देशका विभिन्न स्थानमा पनि राजसंस्था र हिन्दु राष्ट्र माग गर्दै प्रदर्शन गरेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको