April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

खुमलटारमा प्रचण्ड र गौतमबिच भेटवार्ता

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र तटस्थ बस्दै आएका उपाध्यक्ष वामदेव गौतमबीच शुक्रबार भेटवार्ता भएको छ । दाहाललाई भेट्न गौतम ललितपुर खुमलटारस्थित निवासमा पुगेका हुन् ।


भेटमा नेकपा विभाजनपछिको राजनीतिक परिस्थितीका विषयमा छलफल भएको बताइएको छ । गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गलत भएको बताएपछि विभाजित पार्टी एकता हुन सक्ने बताउँदै दुबै समूहमा नलागी तटस्थ बन्दै आएका छन् ।

ओली र दाहालले भने उनलाई आफ्नो समुहमा समावेश हुन दिन आग्रह गर्दै आएका छन् । प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपा ओली र दाहाल–नेपाल समूहमा विभाजित भएको छ । तर गौतम भने कुन समूहमा सहभागी हुने अझै अन्योलमा  छन् ।

शीर्ष समाचार

धेरै पढिएको