
शुक्रबार सिन्धुपाल्चोक जिल्लामा एकैदिन २१ जना काेराेना संक्रमित थपिएको छ जसमध्ये १० जना महिला र ११ जना पुरुष रहेका छन् । याे भन्दा ५ जना संक्रमित थियो भने शुक्रबार मात्र २१ जना नयाँ काेराेना संक्रमित थपिएको हाे ।काेराेना संक्रमित भई मृत्यु हुनेमा नेपालकै सबैभन्दा पहिलाे महिला सिन्धुपाल्चोक बाह्रबिसे ९ राम्चेका थिए ।
एकैदिन २१ जना संक्रमित थपिए सँगै सिन्धुपाल्चोकमा पनि काेराेनाकाे जाेखिम बढेकाे छ । देशभर अाज काेराेना संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेकाे छ । जसमध्ये ७०७ जना महिला र ७ हजार ५६७ जना रहेका छन् । शुक्रबार मात्रै ४२६ नयाँ संक्रमित थपिएका छन् । जसमध्ये पुरुष३३८ र महिला ८८ जना रहेका छन् । अाज कसैकाे मृत्यु भएको छैन भने बिहीबार सम्म मृत्यु हुने २२ जना छन् । स्वास्थ्य मन्त्रालयका अनुसार डिस्चार्ज हुनेकाे संख्या १४ सय २ रहेका छन् । आज मात्र २०७ जना डिस्चार्ज भएको हाे ।






