January 20, 2021, Wednesday
२०७७ माघ ७, बुधबार

काठमाडौंमा आज राप्रपाले जनप्रदर्शन गर्दै

  • 8
    Shares

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ले आज काठमाडौंमा जनप्रदर्शन गर्दैछ । राप्रपाले हिन्दु राष्ट्र र राजासहित प्रजातन्त्र पुनर्स्थापनाको माग राखेर जनप्रदर्शन गर्न लागेको हो ।

परिवर्तनको मार्गचित्र नै गलत भएकाले त्यसलाई सच्याएर हिन्दूराष्ट्र, राजसंस्थासहितको लोकतन्त्र र संघीयताको विकल्पमा सुदृढ स्थानीय स्वायत्त शासन प्रणालीको स्थापना हुनुपर्ने राप्रपाको माग छ । काठमाडौंको भृकुटीमण्डपबाट राप्रपाले र्‍याली तथा सभा गर्न लागेको हो ।

देशमा बढ्दै गएको अनियमितता, अराजकता र भ्रष्टाचार तथा सर्वसत्तावादलाई परास्त गर्न आन्दोलनको विकल्प नभएको राप्रपाको भनाइ छ ।

राप्रपाले हिन्दुराष्ट्र र राजसंस्थासहित लोकतन्त्र र संघीयताको विकल्पमा सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली हुनुपर्ने माग पनि गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको