January 23, 2021, Saturday
२०७७ माघ १०, शनिबार

ललिता निवास जग्गा प्रकरणः उमाकुमारीलाई दुई लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश 

  • 7
    Shares

काठमाडौं, विशेष अदालतले बालुवाटारस्थित ललिता निवास सरकारी जग्गा आफ्नो नाम गरेको अभियोग लागेका उमाकुमारी ढकाललाई दुई लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।

ललिता निवास प्रकरणका प्रमुख अभियुक्त डा. शोभाकान्तकी पत्नी उमाकुमारी हुन् । सरकारी र सार्वजनिक जग्गा बेचेको अभियोग लागेका डा. ढकालसँग अख्तियारले ३९ करोड रुपैयाँभन्दा बढी बिगो माग दाबी गरेको थियो ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले थुनछेक बहसपछि बिहीबार उक्त धरौटी लिएर छाडने आदेश जारी गरेको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिएका छन् ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त अभियोगमा उमाकुमारीसँग ९१ लाख २० हजार रुपैयाँ बिगो माग दाबी गरेको थियो । राष्ट्रसेवक कर्मचारी र पदाधिकारीलाई अनुचित प्रभावमा पारी सार्वजनिक जग्गा गैह्रकानुनी रुपमा आफूसमेतको नाममा सट्टा गरेको र राज्यलाई प्रत्यक्ष हानी पुर्‍याएकाले उनलाई अख्तियारले दुई वर्ष कैद वा बिगो जफत र जरिवानाको माग गरेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको